नेता भण्डारीलाई देश बाहिर लगेर उपचार गर्न अस्पतालको सुझाव

सफल खबर संवाददाता

विहीबार, ०४ फागुन २०७९, ०९ : ५२
नेता भण्डारीलाई देश बाहिर लगेर उपचार गर्न अस्पतालको सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेको छ । 

कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उनी र उनका आमा हरिकला भण्डारीको आइसियुमा उपचार भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले जानकारी दिए । हिजो राति आफ्नै घर बुद्धनगरमा ग्यास सिलिण्डर पड्किएर उनीहरु घाइते भएका हुन् । 

अस्पतालका जलन उपचार विभागका प्रमुख डा किरण नकर्मीका अनुसार सांसदसहित रहनुभएका नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत र आमा हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशत जलेको छ । 

यस्तै डा भण्डारी र आमा हरिकलाको दुवै जनाको श्वासनलीमा तातो हावा र धुवाको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना रहेको डा. नकर्मीले जानकारी दिए । उनका अनुसार नेपालमा भएको साधन र स्रोतले उपचार सम्भव नभएकाले देश बाहिर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न स्थानान्तरण  (सिफारिस) गरिएको छ ।