काठमाडौँ । नक्कली सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) बनाउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यकामा केही व्यक्तिहरुले लिखत कीर्ते गरी नक्कली स्मार्ट लाइसेन्स बनाउने गरेको गोप्य सूचनाको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान अघि बढाएको थियो ।
सोही क्रममा खोजतलास गर्ने क्रममा कार्यालयबाट खटिएको टोलीले पोखरा घर भइ हाल ललितपुरको नखिपोट बस्ने कञ्चन गुरुङसहित तीन जनालाई पक्राउ गरेको हो । उनलाई माघ २९ गते रामशाहपथ, नुवाकोट घर भइ टोखा बस्ने अनिल राईलाई सामाखुशी र नुवाकोट नै घर भइ तारकेश्वर बस्ने राजन तामाङलाई बालाजु पैयाँटारबाट सोमबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
उनीहरुलाई लिखत सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको उनको भनाइ छ । प्रहरी अनुसन्धानका क्रममा कञ्चन गुरुङले आफ्नो फोटो, गंगा तामाङको नामको सवारी चालक अनुमति पत्र र ५ हजार रुपैयाँ अनिल राईलाई दिएको खुलेको छ । यस्तै अनिल राईले पनि आफूले १५ सय रुपैयाँ राखेर उक्त फोटो, कागजात र ३ हजार ५०० रुपैयाँ राजन तामाङलाई दिएको खुलेको छ । यससँगै राजन तामाङले गंगा तामाङको सवारी चालक अनुमति पत्रमा कञ्चन गुरुङको फोटो टाँसी नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र बनाइदिएको खुलेको राठौरले बताए ।
।
साथै उनले अन्य धेरै व्यक्तिहरूलाई नक्कली सवारी चालक अनुमति पत्र उपलब्ध गराएको खुल्न आएकोले थप अनुसन्धान कार्य जारी रहेको उनको भनाइ छ । राजन तामाङ यसअघि पनि लिखत सम्बन्धी कसुरमा पक्राउ परेका व्यक्ति हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ फागुन २०७९, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ