पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनलाई खिचडीको संज्ञा दिएका छन् । पार्टी कार्यकर्तालाई प्रशिक्षण दिन पोखरामा रहेका अध्यक्ष नेपालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन प्रतिगमनतर्फ उद्दत भएको टिप्पणीसमेत गरे ।
‘अहिलेको गठबन्धन खिचडी गठबन्धन हो’ उनले पोखरामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘यो गठबन्धन संविधान, गणतन्त्र, संघीयताप्रति प्रतिबद्ध नरहेको, परिवर्तन नचाहने, प्रतिगमन उद्दत गठबन्धन हो, यिनीहरूको वैचारिक एकता छैन, यसमा परिवर्तन उल्ट्याउन खोज्ने पनि छन् ।’
उनले नेकपा एस कुनै पार्टीमा बिलय पनि नहुने बताएका छन्। ‘सुशासन, विकास र समृद्धिका लागि, समाजवादोन्मुख अर्थतन्त्रको लागि सबै राजनीतिक दलसँग सहकार्य गरेर अगाडि बढ्छौँ, त्यसका लागि सम्भव भए मोर्चा समेत बनाउँछौ र पार्टी एकतासम्म हुनसक्छ तर एकता गर्ने नाममा नेकपा एस कुनै अन्य राजनीतिक दलसँग विलीन भने हुँदैन ।’
महासचिव बेदुराम भुषालको संयोजकत्वमा अन्य राजनीतिक दलसँग एकीकरण गर्ने, नभए मोर्चाबन्दी भएर जाने भन्दै छलफल चलाईरहेको बेला अध्यक्ष नेपालको यस्तो भनाई आएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ फागुन २०७९, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पतञ्जली जग्गा प्रकरणमा कसरी जोडिए माधव नेपाल ? विशेषमा मुद्दा लैजाने अख्तियारको तयारी
राजा महाराजाको कुनै काम छैन : माधव नेपाल
राजतन्त्रको औचित्य छैन: माधव नेपाल
यो कास्टिङ मात्र हो, प्रतिगामीहरू होसियार : माधव नेपाल
भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य हो : माधव नेपाल
ओली सरकार साना र प्रतिद्वन्द्वी पार्टीलाई समाप्त पार्न खोज्दैछ : माधव नेपाल