विहे गर्न कुमारित्व सर्टिफिकेट चाहिने इरानमा के गर्छन् युवतीहरु ?

सफल खबर संवाददाता

सोमबार, २५ असार २०७५, १७ : ४०
विहे गर्न कुमारित्व सर्टिफिकेट चाहिने इरानमा के गर्छन् युवतीहरु ?

इरान । पछिल्लो समय आणविक हतियारका कारण इरान प्रख्यात छ । जसकारण इरानले यसअघि देखि नै कयौँ आर्थिक नाकाबन्दीको सामना गर्दै आएको छ । हाल अमेरिकाले भारतलगायत केही देशहरुलाई इरानबाट इन्धन खरिद नगर्न चेतावनी दिएको छ ।

इरान एक इस्लामिक कट्टरपंथी देशको रुपमा चिनिन्छ । तर यहाँका युवा युवती भने स्वतन्त्रता रुचाउने गर्छन् । तर पनि समाजको एक हिस्सामा भने रुढीवादी सोँच हाबी छ । यसको सबैभन्दा ठूलो उदाहरण हो ‘कुमारित्व परिक्षण’ । पुरानो समयको इरानमा दुलहीको कुमारित्व परिक्षण गर्नको लागि सेतो कपडाको प्रयोग गर्ने गरिन्थ्यो । तर हाल समयको परिवर्तनसँगै यहाँ दुलाहा पक्षले विवाह अघि कुमारित्वको सर्टिफिकेट माग गर्छन् । यस्तोमा इरानमा कृतिम कुमारित्व प्राप्त गर्ने चलन तीब्र रुपमा बढ्दै गइरहेको छ ।

पछिल्लो समय इरानमा केही सामाजिक परिवर्तन ल्याउने कोशिस पनि नगरिएको होइन, तर पनि समाज केही व्यक्तिहरु भने पुरानो सोँच अनुसार नै चल्ने गरेका छन् । विवाहअघि युवतीको कुमारित्व सर्टिफिकेटको माग गरिने केही समाजका युवतीले आफ्नो गोग्य अंगको सर्जरी गर्ने गरेका छन् । यो सर्जरीलाई ‘हाइम्नोप्लाष्टी’ भन्ने गरिन्छ । यसमा युवतीको कुमारित्व पुनः बनाउने गरिन्छ । तर यो कार्यलाई इरानमा गैरकानुनी भनिएको छ ।

इरानमा पुरुषले महिला कुमारी नभएको शंका गरेर श्रीमतीलाई छोडेको कयौँ घटना पनि भएका छन् । इरानको कानुनले पुरुषलाई असिमित अधिकार दिएकाले यसको गलत प्रयोग पनि भइरहेको छ । यहि कारणले नै युवती कुमारी नै भएपनि डरले सर्जरी गराउन बाध्य छन् ।

इरानमा आज पनि विवाह नगर्ने पुरुषलाई ‘नामर्द’ भन्ने गरिन्छ । त्यतिमात्रै नभई त्यस्ता पुरुषहरुलाई परिवारको साथमा बसोबास गर्ने अधिकार पनि हुँदैन । सार्वजनिक स्थलमा यदि महिलाले पुरुषसँग हात मिलाएको पाइएमा महिला पक्राउ पनि पर्न सक्छिन् । त्यस्तै जनावरसँग यौन सम्पर्क गर्नु, महिलाहरुले कसिलो कपडा लगाउनु, पतिलाई यौन सम्पर्कको लागि इन्कार गर्नु तथा पतिको अनुमति विना काममा जानु पनि इरानमा अपराध नै मानिन्छ ।

प्रतिक्रिया दिनुहोस