पर्वतमा मिनि भ्यान दुर्घटना, एकजनाकाे मृत्यु, ३ घाइते

सफल खबर संवाददाता

सोमबार, ०१ फागुन २०७९, ११ : ४९
पर्वतमा मिनि भ्यान दुर्घटना,  एकजनाकाे मृत्यु, ३ घाइते

पर्वत । पर्वतको कुश्मा नगरपालिका-२ खुर्कोटमा मिनि भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

साेही दुर्घटनामा परी ३ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएकाे हाे । आइतबार राति भएको दुर्घटनामा मृत्यु हुनेमा भ्यानका चालक ४० वर्षीय बालकृष्ण पौडेल भएकाे प्रहरीले बताएकाे हाे । मध्यपहाडी लोकमार्गको कुश्मा–बागलुङ सडकबाट खुर्कोटतर्फ उक्लिदै गरेको ध १ ज ११२३ नम्बरको मिनि भ्यान उकालो सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका पौडेललाई पर्वत जिल्ला अस्पतलामा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । अरू ३ जना घाइते हुनेमा खुर्कोटकै मनिषा दर्जी, सजिना बिक र मुकुन्द पौडेल रहेका छन् । घाइते भएका ३ जनाको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मृतकको शव पनि पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस