काठमाडौं । सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई निरन्तर दबाबमा पारेका छन्।
एमालेसहितका दलहरूको समर्थनमा प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका दाहालविरुद्ध ओली सुरुदेखि नै हाबी हुँदै आएका छन्। अझ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सरकारबाट बाहिरिएपछि ओलीले दाहालमाथि थप दबाब खडा गर्दै आएका छन्। नागरिकता विवादमा सर्वोच्चबाट फैसला आएपछि सबै पद गुमाएका रवि लामिछानेलाई पुनः सरकारमा फिर्ता ल्याउन ओलीले निरन्तर दबाब दिँदै आएका हुन्।
ओलीले आफ्नो नेतृत्वमा रहेको उच्चस्तरीय संयन्त्रमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र रास्वपाको साथ पाएका छन्। आइतबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकमा ओलीले रास्वपालाई पुनः सरकारमा सहभागी गराउन आग्रह गरे।
रास्वपाले पूर्वसहमतिअनुसार गृहसहित उपप्रधानमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने अडान राखेको छ। सरकार गठनका बेला भएको सहमति कार्यान्वयनका लागि ओलीले दबाब दिँदै आए पनि प्रधानमन्त्री दाहाल रास्वपालाई गृह मन्त्रालय दिने पक्षमा छैनन्।
राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै प्रधानमन्त्री दाहालले त्यसका लागि पहल गर्नुपर्ने बताउँदै आएका छन्। तर ओलीसहितका अन्य नेता पूर्वसहमतिअनुसार एमालेले राष्ट्रपति पाउनुपर्ने पक्षमा छन्। सोही विषयमा रास्वपा सभापति रवि लामिछानेले आइतबारको बैठकमा चासो राखे। गठबन्धनका दलहरूबीच फरक धारणा आएको भन्दै प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीसँग उनले जवाफ मागेका थिए।
दाहाललाई प्रधानमन्त्री नियुक्त गर्दा साथ दिएका जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) अहिले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी भएका छैनन्। सो विषयमा पनि बैठकमा छलफल भएको थियो।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०१ फागुन २०७९, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको बन्दसत्र आजलाई स्थगित
पार्टीमा कुनै समूह छैन: मनिष झा
रास्वपा महाधिवेशन : तीन पदमा सर्वसम्मत गर्ने, बालेनका दुई हस्तीलाई मनोनित पद दिने
रास्वपा महाधिवेशन : आज बन्दसत्र सुरु हुँदै, सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने
रास्वपा महाधिवेशनमा कति हुन्छन् प्रतिनिधि सहभागी ?
रास्वपाका संस्थापक सदस्य स्वतः केन्द्रीय समिति सदस्य हुने