काठमाडौँ । गत निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अधिकांश केन्द्रीय नेताहरु नै अन्तरघातमा संलग्न रहेको पाइएको छ ।
पार्टीका केन्द्रीय कार्यकारी समिति सदस्य शिबलाल थापा नेतृत्वको छानवीन समितिले अहिलेसम्म करिब ४० जना केन्द्रीय नेताहरुसँग बयान लिइसकेको छ ।
मोरङ, सप्तरी, सिराहा, धनुषा ,महोत्तरी, सर्लाही, बर्दिया, कैलाली, सुर्खेत जिल्लामा पुगी समितिले आरोपितहरुसँग बयान लिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
जसपाले सुनसरी, पाँचथर, धादिङ, मकवानपुर जिल्लाको विषयमा पनि छानबिन गरिरहेको छ । सबै छानबिन र बयान सकिएपछि समितिले आफ्नो प्रतिवेदन बुझाउने उनको छ ।
अन्तरघातको आरोप पुष्टि भएमा उनीहरुमाथि पार्टी विधानले गरेको व्यवस्था बमोजिमको कारवाही हुने जसपाले जनाउको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ माघ २०७९, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै