थप १ जनामा कोरोना संक्रमण

सफल खबर संवाददाता

विहीबार, २६ माघ २०७९, १६ : ३५
थप १ जनामा कोरोना संक्रमण

काठमाडौं । थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ३ सय १३ जनाको नमूना परीक्षण गरिएको थियो ।

६५१ जनाको पीसीआर र १६६२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।बिहीबार २ जना संक्रमणमुक्त भएका छन् भने देशभर ४ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।

प्रतिक्रिया दिनुहोस