काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।
ओली निवासमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज बिहान समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे कुराकानी भएको छ।
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता र कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
मन्त्रिपरिषदलाई पूर्णता दिने, राष्ट्रपति निर्वाचनलगायत विषयमा पनि उनीहरूबीच कुराकानी भएको बताइएको छ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएपछि ती मन्त्रालय खाली छन्।
प्रधानमन्त्री दाहाल र उनी अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्न पहल गर्ने बताइरहेका छन् भने सत्ता गठबन्धनभित्र राष्ट्रपति एमालेले पाउने सहमति भएको एमालेको दाबी रहँदै आएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ माघ २०७९, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता