सभापतिज्यू ! विचलित नहुनुहोस्, हामीसँग जनता साथमा छन् : डा. तोसिमा कार्की

सफल खबर संवाददाता

सोमबार, २३ माघ २०७९, १२ : ३४
सभापतिज्यू ! विचलित नहुनुहोस्, हामीसँग जनता साथमा छन् : डा. तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले सभापति रवि लामिछानेलाई सान्त्वना दिँदै कतिपनि विचलित नहुन आग्रह गरेकी छन् ।सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले आफूहरु र जनता साथमा रहेको बताएकी छन् ।

‘कत्ति पनि विचलित नहुनुहोस् सभापतिज्यू । हामी साथमा छौँ । हामीसँग जनता साथमा छन्,’ उनले भनेकी छन् ।सांसद कार्कीले जनतासँग गरेको एक–एक वाचा भुलेका नभुलेको र नभुल्ने पनि बताएकी छन् ।

आफूहरु जहाँ उभिएपनि जनताको मुद्दाको वकालत गरिरहने उनको भनाइ छ ।लोकतन्त्रमा सबैभन्दा शक्तिशाली जनता भएको बताउँदै सत्य, साहस र इमानको न्याय पनि जनताले नै गर्ने उनको तर्क छ ।

‘लोकतन्त्रमा सबै भन्दा शक्तिशाली जनता हुन् । त्यसैले सत्य साहस निष्ठा र ईमानको न्याय एवम् सुरक्षा गर्ने जिम्मा पनि खुद जनतालाई नै सुम्पेका छौँ,’ उनले भनेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वसहमति अनुसार गृहमन्त्रालय नदिएको भन्दै सरकारबाट बाहिरिएको छ ।पार्टीबाट मन्त्री बनेकाहरुले पनि आइतबार नै राजीनामा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस