काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको हालत सुनको बाला देखाउने बुढो बाघ जस्तै भएको टिप्पणी गरेका छन् ।
आइतबार संसदमा विशेष समय लिएर बोल्दै ओलीले कांग्रेसले राष्ट्रपति, सभामुख जस्ता पदमा खिचलो गर्न खोजेको आरोप लगाए । कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मतलाई सरकारमाथिको विश्वास भन्न नसकिने उनले बताए ।
उनले बुढो बाघको कथा सुनाए । उनको कथा यस्तो छ, एउटा बाघ बुढो भएछ । यसले एउटा महिलालाई झम्टिएर मारेछ । उनले सुनको बाटा लगाएको रहेछ । त्यो बाला त बच्यो । बाघ बाहिर हिड्न छोडेपछि गुफाबाट बाला देखाउँदो रहेछ, ए नानी यो बाला लैजाउ न ।
मलाई काम छैन, तिमीलाई कति सुहाउँछ हेर त भन्दो रहेछ । कोही नजिक गएर फ्याकिदिनुस् भन्यो भने हातैबाट दिन मन छ बा भन्छ । नजिकै गयो भने यताबाट झ्याप्प पार्छ ।
एमाले अध्यक्ष ओलीले हाँस्दै अघि भने, ‘साथीहरु बाला देखाइरहनु भएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ माघ २०७९, १६ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीको रणनीति : मानव अधिकार आयोगप्रति नरम, जाँचबुझ आयोगप्रति गरम
केपी ओलीले किन दिईरहेका छन् जाँचबुझ आयोग नटेर्ने धम्की ?
जाँचबुझ आयोगलाई थर्काउँदै ओली, बयान मात्रै लिन खोजिए पनि प्रतिवाद
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान सुरु
जेनजी आन्दोलनबारे ओलीको ब्याख्यामा पार्टीभित्रै सशक्त प्रतिवाद
मलाई पक्राउ गर्नपर्यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली