काठमाडौं । गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।
सरकारबाट बाहिरिने वा रहने भन्ने विषयमा निर्णय गर्न नसकिरहेको रास्वपाको बैठक बस्नुअघि सभापति लामिछानेले बिहानै बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन्।
रास्वपाको बैठक आज पनि, सरकारमा रहने वा बाहिरिनेरु निर्णय गर्ला ?
प्रधानमन्त्री प्रचण्डसँग लामिछानेले एक घण्टा छलफल गरेका छन्। प्रधानमन्त्री भेट्न आइतबार बिहान ७ बजे रवि बालुवाटार पुगेका थिए। उनी बिहान ८ बजे निस्किए।
रवि निस्किएपछि जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत बालुवाटार पुगेका थिए। दुवै भेट एक्लाएक्लै भएको स्रोतले जनाएको छ। राष्ट्रिय जनमत पार्टी पनि आफूले मागेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि असन्तुष्ट छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ माघ २०७९, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति