मिस नेपाल-२०२३ को आवेदन खुला

सफल खबर संवाददाता

विहीबार, १९ माघ २०७९, १८ : ३३
मिस नेपाल-२०२३ को आवेदन खुला

काठमाडौं । मिस नेपाल २०२३ को लागि बिहीबारबाट आवेदन खुला भएको छ । मिस नेपाल आयोजना गर्ने हिडन ट्रेजरले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा सहभागी हुनका लागि मिस नेपाल एपबाट पनि आवेदन दिन सक्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा हिडन ट्रेजरका अध्यक्ष राजकर्णिकरले प्रतियोगीतालाई फराकीलो बनाउँदै यस पटक ७ वटै प्रदेशमा अडीशन आयोजना गर्ने जानकारी दिए।

आगामी चैत ४ गते काठमाडौंमा अडिसन हुने र इटहरी, विरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी लगायत क्षेत्रिय अडिसनहरु चैत १ गतेसम्म गरिसक्ने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगीतामा सहभागी हुन चाहनेले चैत १ गतेसम्म मिस नेपाल एप वा आयोकजकै कार्यलयमा गएर आवेदन दिनसक्ने जनाएको छ ।

प्रतियोगितामा भाग लिन १८ वर्षदेखि माथि २७ वर्षसम्म हुनुपर्ने र कम्तीमा पनि ५ फिट ३ इञ्च उचाई हुनुपर्ने प्रावधान तोकीएको छ । अविवाहित र नेपाली नागरिकतासहित नेपाली पासपोर्ट भएका युवतीहरूले मात्रै स्पर्धामा सहभागी हुन पाउने र आवेदनको लागि कुनै पनि शुल्क नलाग्ने आयोजक हिडन ट्रेजरका अध्यक्ष राजकर्णिकारले जानकारी दिए ।

मिस नेपाल २०२३ को फाईनले आगामी जेठ १३ गते गोदावरीको सनराईज कन्भेन्सन सेन्टरमा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस