काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ।
आयोगका अनुसार बुधबार उक्त पार्टीविरुद्ध उजुरी दर्ता भएको हो। रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको मागसहित युवराज पौडेल ९सफल० ले निर्वाचन आयोगमा उजुरी दिएका हुन्।
एक जना गैरनागरिक उपप्रधानमन्त्री तथा गृहमन्त्री हुँदा राष्ट्रको गोपनीयता भङ्ग भएको र उक्त गतिविधि राष्ट्रिय हितविपरीत भएको तर्क गर्दै पौडेलले दलको दर्ता खारेजी गर्न माग गरेका हुन्।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले राजनीतिक दलले राष्ट्रिय गोपनीयता भङ्ग गर्ने, नेपालको सुरक्षामा आँच पु९याउने गरी कुनै विदेशी राज्य, सङ्गठन वा प्रतिनिधिलाई सहयोग गर्नेलगायतको कार्य गर्न बन्देज लगाएको छ।
सोही ऐनको दफा १२ ले राष्ट्रिय गोपनीयता भङ्ग गर्ने, सुरक्षामा आँच पु९याउने गरी विदेशी राज्य, सङ्गठन वा प्रतिनिधिलाई सहयोग गर्नेलगायतका कार्य गरेमा आयोगले त्यस्तो दलको दर्ता खारेज गर्न सक्ने व्यवस्था गरेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दल खारेजको माग उठेपछि त्यस सम्बन्धमा आयोगले आवश्यक छलफल गर्ने बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले दल दर्ता गर्दा एवं सांसदको उम्मेदवारी दिँदा पेस गर्नुभएको नागरिकता कानुनतः अवैधानिक रहेको उजुरीमा उल्लेख गरिएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले गत माघ १३ गते लामिछानेले नागरिकता पुनःप्राप्तिको प्रक्रिया नथालेको भन्दै पुरानो नागरिकतालाई अवैध ठहर गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ माघ २०७९, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण
देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
निर्वाचन पर्यवेक्षण गर्न २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई आयोगले दियो अनुमति
निर्वाचन ८० दिन बाँकी, चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
चुनावी खर्च पारदर्शी बनाउन निर्वाचन आयोगको आग्रह
समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दललाई चिन्ह प्रदान