राप्रपा नेपालका उपाध्यक्ष लाक्पा तामाङ पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १७ माघ २०७९, १२ : ५१
राप्रपा नेपालका उपाध्यक्ष लाक्पा तामाङ पक्राउ

काठमाडौं । राप्रपा नेपालका उपाध्यक्ष लाक्पा तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरबारस्थित दक्षिण गेटबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले  बताए ।

उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीकोविरुद्धमा दक्षिण गेटमा उनले नाराबाजी गरेपछि प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
 

प्रतिक्रिया दिनुहोस