एजेन्सी । स्पेनिस कोपा डेल रे को उपाधि दौडमा रहेका दुई महारथी रियल म्याड्रिड र बार्सिलोना यसपटक सेमिफाइनलमै भिड्ने भएका छन्।
सोमबार सार्वजनिक भएको खेल तालिका अनुसार उपाधिका मुख्य दाबेदार दुई टोली फाइनलअघि नै भिड्ने पक्का भएको हो।
मार्चको पहिलो साता हुने सेमिफाइनलको पहिलो लेग रियलको मैदानमा हुनेछ। यस्तै दोस्रो लेग बार्सिलोनाको मैदानमा अप्रिलको पहिलो साता हुने तय भएको छ।
यसबीचमा यी दुई टोलीले मार्च १९ मा क्याम्प नोउमा ला लिगाको खेल खेल्नेछन्।
प्रतियोगिताको अर्को सेमिफाइनलमा ओसासुना र एथ्लेटिक बिल्बाओ खेल्नेछन् ।
त्यस्तै ओसासुनाले पनि फेब्रुअरी दोस्रो साता पहिलो लेगमा बिल्बाओलाई आमन्त्रण गर्नेछ। यस्तै मार्च पहिलो सातामा दोस्रो लेग ओसासुनाको घरेलु मैदानमा हुनेछ। फाइनलमा पुग्ने टोलीले आगामी सन् २०२४ को सुपर कपमा पनि स्थान पक्का गर्नेछन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १७ माघ २०७९, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्लब विश्वकप – पेनाल्टीको सदुपयोग नगर्दा रियल म्याड्रिड बराबरीमा रोकियो
अल्भारेज पेनाल्टी सुट आउटमा लडेपछि रियल म्याड्रिड क्वार्टरफाइनलमा
स्पानियोलसँग रियल म्याड्रिड पराजित