काठमाडौं। काठमाडौंको सीतापाइलामा बस र टाटा सुमो एक आपसमा ठोकिँदा एक महिलाको मृत्यु भएको छ । बसमा सवार रसुवाको गोसाइँकुण्ड घर भइ हाल काठमाडौंको पुतलीसडक बस्ने ५२ वर्षीया यायल्म घलेको दुर्घटनामा मृत्यु भएको प्रहरीको भनाइ छ ।
कलंकीबाट स्वयम्भूतर्फ आउँदै गरेको बा २ ख ८३६८ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना १ ज २४२१ नं को टाटा सुमो एक आपसमा ठोकिँदा बस अनियन्त्रित भएर सडकमा पल्टिएको थियो ।
यसपछि सख्त घाइते भएकी घलेको उपचारका क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
टाटा सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ माघ २०७९, १९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु