मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

सफल खबर संवाददाता

सोमबार, १६ माघ २०७९, ०७ : ३०
मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको डाक्टरहरुको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक भएको छ । जसअनुसार  ४७.२१ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । 

माघ १२ देखि १५ गतेसम्म भएको परीक्षामा मेडिकलतर्फ ४७.११ र डेन्टलतर्फ ४७.६० प्रतिशत उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।

परीक्षामा दुई हजार ३११ परीक्षार्थी सहभागी रहेको आइतबार सार्वजनिक सूचनामा उल्लेख छ ।