नेपाल आएर सन्नी लियोनीले भनिन् – ‘आई लभ नेपाल’

सफल खबर संवाददाता

आइतबार, १५ माघ २०७९, १२ : ५३
नेपाल आएर सन्नी लियोनीले भनिन् – ‘आई लभ नेपाल’

काठमाडौं । काठमाडौं उत्रिएर बलिउड अभिनेत्री सन्नी लियोनीले आफूलाई नेपाल मन पर्ने प्रतिक्रिया दिएकी छन् ।

उनी शनिबार काठमाडौं आइसकेकी छन् । शनिबार बेलुकानै एक कार्यक्रममा सहभागी भएकी लियोनीले ‘आइ लभ नेपाल’ र नेपालीहरुलाई मन पर्ने गरेको भन्दै सम्बोधन गरिन् ।

त्यस्तैगरी उनले सामाजिक संजालमा नेपालमा रहेको भिडियो पनि पोष्ट गरेकी छन् । लियोनी यसअघि नै २ पटक नेपाल आइसकेकी छन् । उनको यो तेस्रो नेपाल भ्रमण हो ।

प्रतिक्रिया दिनुहोस