सन्नी लियोनी काठमाडौंमा

सफल खबर संवाददाता

शनिबार, २६ पुस २०८२, १५ : ००
सन्नी लियोनी काठमाडौंमा

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनीशनिबार काठमाडौं आइपुगेकी छन् । होटल बाराहीले सञ्चालनमा ल्याएको बादशाह क्यासिनोमा प्रस्तुति दिन उनी नेपाल आएकी हुन् ।

यो उनको चौंथो नेपाल भ्रमण हो । उनी चढेको इन्डिगो एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपरान्ह १:३० बजे अवतरण भएको थियो ।

विमानस्थलमा मिडियासँग संक्षिप्त कुरा गर्दै लियोनीले नेपालको प्राकृतिक सौन्दर्यले मोहित हुने गरेको बताउँदै समय मिलाएर परिवारसहित घुम्न आउने प्रतिक्रिया दिइन् ।

प्रतिक्रिया दिनुहोस