मोलुङ हाइड्रोको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

सफल खबर संवाददाता

आइतबार, १५ माघ २०७९, ०९ : ३८
मोलुङ हाइड्रोको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावितलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज माघ १५ गते अन्तिम दिन रहेको छ । कम्पनीले पुस १९ गतेदेखि ओखलढुंगा जिल्लाका आयोजना प्रभावित स्थानीयलाई आवेदन खुला गरेको हो ।

कम्पनीले ओखलढुंगा जिल्लाका आयोजना प्रभावित स्थानीयको लागि ८ लाख २ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको हो । यस निष्काशनमा मोलुङ गाउँपालिकाका स्थानीय, सुनकोशी गाउँपालिकाका स्थानीय र सिद्धिचरण नगरपालिकाका स्थानीयले आवेदन दिन सक्ने छन् ।

आईपिओमा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताकोलागी आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ ।कम्पनीले ओखलढुंगामा ७ मेगावाटको मोलुङखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७४ चैत्र १२ गतेदेखि व्यापरिक उत्पादन गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस