एजेन्सी । भारतीय वायु सेनाका दुई वटा विमान आकाशमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ।
मध्यप्रदेश राज्यको ग्वालियरमा शनिबार बिहान भएको उक्त दुर्घटनामा बाँचेका एक जना चालकको अवस्था गम्भीर छ।वायु सेनाका अनुसार एउटा विमानमा एक जना मात्र चालक थिए भने अर्कोमा दुई जना सवार थिए।
एउटा विमानका भग्नावशेष राजस्थानको भरतपुरमा र अर्को विमानका अवशेष मध्यप्रदेशको मोरेनामा फेला परेका मोरेनाका प्रहरी उपरीक्षकले बताएका छन्। दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ समिति गठन गरिएको छ। दुवै विमान अभ्यास उडानमा थिए।
गत अक्टोबरमा अरुणाचल प्रदेशमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको थियो। त्यसअघि पनि सोही राज्यमा हेलिकप्टर दुर्घटना हुँदा त्यसका चालकको ज्यान गएको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १५ माघ २०७९, ०७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मौसमका कारण जहाज उड्न नसकेपछि सभामुख र मन्त्रीसहितका नेताहरू विमानस्थलमै अलपत्र
युक्रेनले सैन्य विमान खसालेको रुसको आरोप
फ्रान्समा ४ दिन रोकिएको २७६ यात्रु बोकेको विमान अन्ततः मुम्बई पुग्यो
भारतीय वायुसेनाको विमान दुर्घटना : २ जना पाइलटको मृत्यु
उडिरहेको विमानमा श्रीमान्–श्रीमतीबीच झगडा भएपछि डाइभर्ट गरियाे
नेपाली विद्यार्थीलाई लिन गएको निगमको विमान इजरायल पुग्यो