एजेन्सी । भारतीय वायु सेनाका दुई वटा विमान आकाशमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ।
मध्यप्रदेश राज्यको ग्वालियरमा शनिबार बिहान भएको उक्त दुर्घटनामा बाँचेका एक जना चालकको अवस्था गम्भीर छ।वायु सेनाका अनुसार एउटा विमानमा एक जना मात्र चालक थिए भने अर्कोमा दुई जना सवार थिए।
एउटा विमानका भग्नावशेष राजस्थानको भरतपुरमा र अर्को विमानका अवशेष मध्यप्रदेशको मोरेनामा फेला परेका मोरेनाका प्रहरी उपरीक्षकले बताएका छन्। दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ समिति गठन गरिएको छ। दुवै विमान अभ्यास उडानमा थिए।
गत अक्टोबरमा अरुणाचल प्रदेशमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको थियो। त्यसअघि पनि सोही राज्यमा हेलिकप्टर दुर्घटना हुँदा त्यसका चालकको ज्यान गएको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १५ माघ २०७९, ०७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन
लिबियाका सेना प्रमुखको विमान दुर्घटनमा परी मृत्यु
भारतले इजरायलसँग आकासमा इन्धन भर्ने ६ वटा विमान किन्ने
अमेरिकामा कार्गो विमान दुर्घटना, सात जनाको मृत्यु
हङकङ विमानस्थलमा कार्गो विमान समुद्रमा खस्यो, दुई जनाको मृत्यु
अमेरिकी हवाईअड्डामा विमान ठोक्किँदा भीषण आगलागी