स्पेनिस ला लिगा : जिरोनामाथि बार्सिलोनाको जित

एजेन्सी

आइतबार, १५ माघ २०७९, ०७ : १२
स्पेनिस ला लिगा : जिरोनामाथि बार्सिलोनाको जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले साँघुरो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई १-० गोल अन्तरले हराएको हो ।

बार्सिलोनाको जितमा पेड्रीले निर्णायक गोल गरे । खेलको ६१ औं मिनेटमा पेड्रीले जोर्डी अल्बाको पासमा गोल गरेका हुन् ।

यस जितसँगै बार्सिलोनाले १८ खेलमा ४७ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानको रियल मड्रिड भन्दा ६ अंकले अघि रहेको छ ।

जिरोना २१ अंक जोडेर तालिकाको १२ औं स्थानमा रहेको छ ।