नम्बर नभएको ट्याक्टरसहित ५५ बोरा मल बरामद, ४ जना पक्राउ

सफल खबर संवाददाता

शनिबार, १४ माघ २०७९, ११ : ५१
नम्बर नभएको ट्याक्टरसहित ५५ बोरा मल बरामद, ४ जना पक्राउ

कपिलवस्तु। कपिलवस्तुको मायादेवी गाउँपालिका ३ विचौवापुरबाट ५५ बोरा मल सहित एक ट्याक्टर नियन्त्रण परेको छ ।

शनिबार वबहान सवा १० बजे नम्बर नभएको ट्याक्टरमा ढुवानी गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पकडीको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताए ।

सरकारी अनुदानको मल अवैध रूपमा ओसारपसार भएको प्रहरीले जनाएको छ । सो घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

ढुवानी गरेको ट्याक्टरको दर्ता नम्बर नभएको हुँदा शङ्कास्पद देखिएको बोहराले जानकारी दिए । पक्राउ पर्नेको नाम र वतन प्रहरीले गोप्य राखेको छ ।

प्रहरीले सो विषयमा थप अनुसन्धान सुरु गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस