काठमाडौं । पर्यटन, संस्कृति, नागरिक उड्डयनमन्त्री सुदन किरातीले खादा, मालाको सट्टामा राखेको दान पेटिकामा संकलन भएको रकम शिक्षा क्षेत्रमा लगानी गर्ने बताएका छन् ।
दान पेटिका बन्द गरिएको जानकारी दिंदै मन्त्री किरातीले आफ्नो एक महिनाको तलबसमेत थपेर दुर्गमको विद्यालयलाई सहयोग गर्ने घोषणा गरेका हुन् । मन्त्री भएपछि किरातीले खादा र माला लगाएर बधाई दिनुको सट्टा सहयोग गर्न भन्दै दान पेटिका राखेका थिए ।
बिदाबाहेक सात दिनमा दान पेटिकामा संकलित रकम, आफ्नो एक महिना र सचिवालयको १५ दिनको सुविधासमेत जोडेर ६ लाख ४३४ रकम जम्मा भएको मन्त्री किरातीले बताएका छन् ।
संकलन भएको रकम दुर्गमको विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने उनले बताए ।विद्यालय छनोट गरी चाँडै हस्तान्तरण हुने मन्त्री किरातीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ माघ २०७९, १० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अग्रज पुस्ता पार्टी नेतृत्वबाट बिदा नभए बिद्रोह हुन्छ: सुदन किराँती
‘समय अनुसार पार्टी रूपान्तरणको लागि अभियान थालौँ’: सुदन किराती
समयअनुसार पार्टी रूपान्तरणको अभियान थालौँ : किराती
जीएसआईबारे के भएको हो प्रधानमन्त्रीले जवाफ दिनुपर्यो: सुदन किराती
विप्लव र सुदन किरातीबिच भेटवार्ता
प्रश्न गर्नेहरूलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृत्तिविरुद्ध सशक्त प्रतिवाद गरौँ : सुदन किराती