एजेन्सी । अमेरिकाले अन्तर्राष्ट्रिय आतंकवादी संस्था आईएसका उच्च नेता विलाल अल सुडानी सोमालियामा मृत्यु भएकाे घोषणा गरेको छ । अमेरिकी सेनाले सोमालियामा गत बुधबार गरेको कारबाहीमा सुडानीकाे मृत्यु भएको अमेरिकी रक्षामन्त्री ललोइड अस्टिनले घोषणा गरेका हुन् । सुडानीको मृत्यु अमेरिका र उसका सहयात्री देशहरुका लागि सुखद् खबर भएको रक्षामन्त्री अस्टिनको भनाइ छ ।
सुडानीकाे गतिविधिको लामो अध्ययनपछि राष्ट्रपति जो बाइडेन, रक्षामन्त्री अस्टिन र अमेरिकी सेनाका संयुक्त प्रधान सेनापति मार्क मिलेको अनुमति र निगरानी गरिएको कारबाहीमा सुडानीकाे मृत्यु भएकाे अमेरिकी रक्षामन्त्रालय पेन्टागनले जनाएको छ ।
लामो समयदेखि अमेरिकी सेनाको राडरभित्र रहेका सुडानीले अफ्रिकी देशहरु तथा अफगानिस्तानमा आइएस गतिविधिका लागि महत्वपूर्ण भूमिका खेल्ने गरेको अमेरिककाकाे दावी छ । अमेरिकी सेनाले कारबाहीका क्रममा सुरुमा सुडानीलाई पक्राउ गर्न खोजेको तर असफल भएपछि मृत्यु भएकाे जनाइएकाे छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १३ माघ २०७९, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकामा गोली हानेर ३ प्रहरी मारिए, २ जना गम्भीर घाइते
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स
अमेरिका जाँदै हुनुहुन्छ ? पहिल्यै १५ हजार डलर धरौटी राख्नुपर्ने नियम आउँदै
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
युक्रेनलाई अमेरिकाले शक्तिशाली हतियार सहयोग गर्ने