एजेन्सी । अमेरिकाले अन्तर्राष्ट्रिय आतंकवादी संस्था आईएसका उच्च नेता विलाल अल सुडानी सोमालियामा मृत्यु भएकाे घोषणा गरेको छ । अमेरिकी सेनाले सोमालियामा गत बुधबार गरेको कारबाहीमा सुडानीकाे मृत्यु भएको अमेरिकी रक्षामन्त्री ललोइड अस्टिनले घोषणा गरेका हुन् । सुडानीको मृत्यु अमेरिका र उसका सहयात्री देशहरुका लागि सुखद् खबर भएको रक्षामन्त्री अस्टिनको भनाइ छ ।
सुडानीकाे गतिविधिको लामो अध्ययनपछि राष्ट्रपति जो बाइडेन, रक्षामन्त्री अस्टिन र अमेरिकी सेनाका संयुक्त प्रधान सेनापति मार्क मिलेको अनुमति र निगरानी गरिएको कारबाहीमा सुडानीकाे मृत्यु भएकाे अमेरिकी रक्षामन्त्रालय पेन्टागनले जनाएको छ ।
लामो समयदेखि अमेरिकी सेनाको राडरभित्र रहेका सुडानीले अफ्रिकी देशहरु तथा अफगानिस्तानमा आइएस गतिविधिका लागि महत्वपूर्ण भूमिका खेल्ने गरेको अमेरिककाकाे दावी छ । अमेरिकी सेनाले कारबाहीका क्रममा सुरुमा सुडानीलाई पक्राउ गर्न खोजेको तर असफल भएपछि मृत्यु भएकाे जनाइएकाे छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १३ माघ २०७९, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण