काठमाडौँ । नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई पाटीएको महासचिव बनाउने तयारी गरिरहेको छ । स्रोतका अनुसार हाल महासचिवको जिम्मेवारीमा रहेका वेदुराम भुसाललाई उपाध्यक्ष बनाउने र महासचिवको जिम्मेवारी घरश्याम भुसाललाई दिने पार्टीभित्र सहमति बनिसकेको छ ।
तत्कालीन नेकपा विभाजनलगत्तै एमालेबाट फुटेर एकीकृत समाजवादी गठन भएको थियो । घनश्याम भुसाल सुरुमा माधव नेपाल पक्षमै रहे पनि विभाजनका बेला भने एमालेमै बसेका थिए । तर गत मंसिर ४ को आमनिर्वाचनका बेला एमाले अध्यक्ष केपी ओलीले भुसाललाई टिकट नदिएपछि एमालेबाट अलग्गिएर स्वतन्त्र रुपमा चुनवा लडेका थिए । हालै मात्र उनलाई एकीकृत समाजवादीले पार्टीमा भित्र्याएको हो । अब महासचिवको जिम्मेवारी दिने औपचारिक निर्णय भने यही माघ २१ र २२ गते बोलाइएको केन्द्रीय कमिटी बैठकबाट हुने जनाइएको छ ।
यसका साथै एकीकृत समाजवादीले एमालेबाटै अलग्गिएका नेता वामदेव गौतमलाई पनि पार्टीमा भित्र्याउने कोसिस गरिरहेको बुझिएको छ । उचित जिम्मेवारी दिएर ससम्मान गौतमलाई पार्टीमा भित्र्याउन समाजवादीका नेताहरु सकारात्मक रहेको स्रोतको भनाइ छ । गौतम आफैले पनि एकीकृत समावादीका अध्यक्ष माधव नेपाल र अन्य वरिष्ठ नेताहरुसँग अनौपचारिक रुपमा संवाद गरिरहेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ माघ २०७९, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र नेकपा एसबीच एकीकरण हुने लगभग निश्चित, यस्तो छ सहमति
नेकपा एसले बोलायो सचिवालय बैठक
चुनावको तयारी गर्न घनश्याम भुसालको नेतृत्वमा नेकपा एसले बनायो कार्यदल
‘जेन जेड पुस्ताको आन्दोलनमा सरकारले हिंसात्मक दमन गर्यो’: नेकपा एस
रुपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सात जना सिफारिस
नेकपा एसको कार्यालयमा शिक्षक महासंघको धर्ना, ध्यानाकर्षण पत्र बुझाउने