काठमाडौ । मंगलबार दिउँसो गएको भूकम्पले बाजुरामा एकजना महिलाको मृत्यु भएको छ। यो भूकम्पका कारण अन्य तीन जना घाइते भएका छन्।
जिल्लाको गौमुल गाउँपालिका–२ दहकोटकी ३५ वर्षीया महिला जमुना रोकायाको मृत्यु भएको वडा सदस्य प्रेमबहादुर रोकायाले बताए।
उनका अनुसार ती महिला घाँस काट्न गएकी थिइन्। घाँस काटिरहेका बेला भूकम्पको पराकम्पले खसेको ढुंगा लागेर महिलाको मृत्यु भएको हो।
गौमुल गाउँपालिका–२ मा अन्य तीन जना महिला पनि घाइते भएका छन्। तीमध्ये एक जनाको अवस्था गम्भिर रहेको वडा सदस्य रोकायाले बताए।
‘शारीरिक अशक्त हुनुहुन्थ्यो, घर भत्किँदा च्याएर एक जना गम्भिर घाइने हुनुभएको छ, अन्य दुई जना घाइते अवस्था सामान्य छ,’ उनले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० माघ २०७९, १८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोल्पा केन्द्रबिन्दु भएर भूकम्प
बारपाकीले बिर्सन नसकेका भूकम्प
सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प
रुकुम पूर्वमा भूकम्पको धक्का
वैशाख १२ को भूकम्प: आज स्मृति दिवस
वैशाख १२ को भूकम्प: बारपाकमा भोलि सार्वजनिक बिदा