हिरो र हिरोइन राखेर मात्र फिल्म हिट हुँदैन: साम्राज्ञी राज्य लक्ष्मी शाह

सफल खबर संवाददाता

सोमबार, ०९ माघ २०७९, १२ : ५२
हिरो र हिरोइन राखेर मात्र फिल्म हिट हुँदैन: साम्राज्ञी राज्य लक्ष्मी शाह

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले हिरो र हिरोइन राखेर फिल्म हिट नहुने फिल्म राम्रो बनाएमा मात्र दर्शकहरू फिल्म हेर्न जाने बताएकी छन् । आइतबार काठमाडाैंमा आयोजित फिल्म ‘ह्यारीकी प्यारी’ को पत्रकार सम्मेलनमा उनले यस्ताे बताएकी हुन् । लाखौं पारिश्रमिक लिएर पनि फिल्म हिट गराउन नसकेको भन्दै सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी समेत सुरु हुन थालेकाे छ । टिका टिप्पणी हुन सुरु भएसँगै अभिनेत्री शाहले घुमाउरो ढंगले फिल्म नचल्नुमा निर्माता र निर्देशक जिम्मेवार हुनुपर्ने बताएकी हुन् ।

महँगी अभिनेत्री समेत रहेकी शाहलेले फिल्म नचल्नुमा कलाकारको भूमिका नभएको स्पष्टिकरण दिएकी हुन् । ‘ह्यारीकी प्यारी’ मा जितु नेपाल र शाहको जोडीलाई लिएर सामाजिक सञ्जालमा चलेको चर्चा भएकाे बारेमा उनको यस्तो टिप्पणी आएको हो । कलाकारलाई हेर्न भन्दा फिल्म राम्रो भए मात्र दर्शक हलमा पुग्ने उनको तर्क छ ।

आफूले पहिलो पटक कमेडी फिल्म गरेको र मनपर्ने जनरा समेत कमेडी भएको शाहले बताएकी छन् । उनको यो गाउँले परिवेश कथा वस्तुमा बनेको पहिलो फिल्म हुने भएकाे छ । छायांकनको समयको अनुभव बाड्दै उनले ह्यारीकी प्यारीमा काम गर्दा चुनौतीपूर्ण भएको समेत बताइन् ।

अब संख्या भन्दा गुणमा आधारित फिल्ममा काम गर्ने र त्यस्तै फिल्म आफ्नाे रोजाइमा पर्ने अभिनेत्री शाहले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस