युनाइटेडलाई हराउँदै आर्सनलको शीर्ष स्थानमा अग्रता कायमै

एजेन्सी

सोमबार, ०९ माघ २०७९, ०९ : ०२
युनाइटेडलाई हराउँदै आर्सनलको शीर्ष स्थानमा अग्रता कायमै

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनलले आफ्नो उपाधि यात्रामा निरन्तर अग्रता कायम राखेको छ।

एडी केटियासले ९० औँ मिनेटमा गरेको गोल निर्णायक हुँदा आर्सनलले खेलमा नाटकीय जित निकाल्दै शीर्ष स्थानमा ५ अङ्कको अग्रता बनाएको हो। आर्सनलले शीर्ष ४ टिम भन्दा एक खेल कम खेलेको छ।

खेलमा युनाइटेडले मार्कुस रासफोर्डको गोलमार्फत् १७ औँ मिनेटमा अग्रता बनाउँदा केटियाले २४ औँ मिनेटमा गोल गर्दै आर्सनललाई बराबरीमा ल्याए । पहिलो हाफ १-१ गोलको बराबरी भएको खेलमा दोस्रो हाफमा बुकायो साकाले दोस्रो गोल गर्दै आर्सनललाई अग्रता दिलाए। तर उनको अग्रता लामो समय टिक्न सकेन।

लिसान्द्रो मार्टिनेजले ५९ औँ मिनेटमा बराबरी गर्दै पुनस् युनाइटेडलाई खेलमा फर्काए। तर अन्तिम मिनेटमा केटियाले आर्सनलको संकट टार्दै महत्त्वपूर्ण तीन अङ्क दिलाए।

जितसँगै आर्सनलको १९ खेलबाट ५० अङ्क पुरा भएको छ। दोस्रो स्थानको सिटीको २० खेलबाट ४५ अङ्क रहेको छ। न्युक्यासल ३९ अङ्कसहित तेस्रो स्थानमा रहँदा युनाइटेड पनि समान ३९ अङ्ककासाथ चौथो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस