नेकपा माओवादीको ११ गते स्थायी र १५ गते केन्द्रिय समिति बैठक हुने

सफल खबर संवाददाता

आइतबार, ०८ माघ २०७९, १६ : २८
नेकपा माओवादीको ११ गते स्थायी र १५ गते केन्द्रिय समिति बैठक हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रले १५ माघमा केन्द्रिय समिति बैठक बोलाएको छ ।  पछिल्लो राजनीतिक परिस्थीति तथा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकीकरणका बारेमा छलफल गर्नका लागि केन्द्रिय समिति बैठक बोलार्ईएको हो । 

सो पार्टीका महासचिव देवप्रसाद गुरुङका अनुसार सो अघि ११ माघमा स्थायी कमिटी बैठक बस्नेछ ।  दुवै पार्टीका कार्यदलले तयार पारेका प्रतिवेदन माथी प्रारम्भिक छलफल गरी केन्द्रिय समितिवाट अनुमोदन गरिनेछ । 

जसका लागि शनिवार दुवै पार्टीको कार्यदलको बैठक भएको थियो । दुवै पक्ष पार्टी एकीकरण गर्न मञ्जुर भएका छन् । 

प्रतिक्रिया दिनुहोस