आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुन्जमा १० गैँडाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ०६ माघ २०७९, १९ : ५०
आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुन्जमा १० गैँडाको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा थप दुई वटा गैँडाको  मृत्यु भएको छ । यससँगै निकुञ्जमा  चालु आर्थिक वर्ष २०७९–०८० मा मृत्यु हुने गैडाको संख्या १० वटा रेकर्ड गरिएको छ ।

निकुञ्ज प्रशासनका अनुसार अमलटारी सेक्टर अन्तर्गत भुताह पोष्ट नजिक शुक्रबार दिउँसो अन्दाजी ४ वर्ष उमेरको एक सिंगे गैँडा मृत फेला परेको छ । विद्युतीय धरापमा परेर गैँडा मरेको बताइएको छ । 

यसैगरी चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत भुताह पोष्ट नजिक नै अन्दाजी १४ वर्षको माउ गैँडा पनि मृत फेला परेको छ । घटनास्थलमा गैँडाको खाग भेटिएको छैन । 
 चोरी शिकारी भएको आशंकासहित निकुञ्ज कार्यालयबाट थप अनुशन्धान भैरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस