चितवनमा करेन्ट लागेर गैँडाको मृत्यु

रासस

बुधबार, २१ साउन २०८२, १२ : २२
चितवनमा करेन्ट लागेर गैँडाको मृत्यु

चितवन । माडी नगरपालिका–२ भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको एउटा भाले गैँडा मरेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार आज बिहान ९ः३० बजे गैँडा धानबारीमा करेन्ट लागेर मरेको अवस्थामा भेटिएको हो ।

गैँडाको खाग, खुर सुरक्षित रहेको जनाउँदै उनले कसले कुन प्रयोजनका लागि धानबारीमा विद्युतीय करेन्ट छोडेको हो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको बताए । 

प्रतिक्रिया दिनुहोस