कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिँदैछन् ।
मुख्यमन्त्री शर्माले प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने पत्र गत मंगलबार दर्ता गरेका थिए। शर्माले दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिने कार्यक्रम तय गरिएको छ।
आज बिहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची सार्वजनिक गरिने कर्णाली प्रदेशकी उपसभामुख यशोदा न्यौपानेले जानकारी दिइन्। हाल मुख्यमन्त्री शर्माले नै प्रदेश सरकारका आठवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्।
यद्यपि दुईजना विना विभागीय मन्त्रीको रूपमा विनोदकुमार शाह र मंगल शाही नियुक्त भएका छन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ माघ २०७९, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस सरकारमा यसरी मिल्यो भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्री, जसपालाई सभामुख, नेकपालाई तीन मन्त्रालय
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ आइतबार
मधेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता यादव नियुक्त
मधेशका मुख्यमन्त्रीले गरे राजीनामा घोषणा
मधेस प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री यादवले विश्वासको मत लिने
सर्वोच्चले दिएको परमादेशको पत्र अहिलेसम्म प्राप्त भएको छैन–मुख्यमन्त्री यादव