काठमाडौँ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले पदका लागि नभइ देशलाई संकट परेको बेलामा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पदका लागि नभइ देशलाई संकटबाट बाहिर लैजान राष्ट्रिय सहमतिको आवश्यक्ता रहेको बताएकम हुन । उनले राष्ट्रिय सहमति के का लागि हो भन्दै सदनमा प्रश्नसमेत गरे । उनले मधेसवादी दलहरुदलाई बाहिर राखेर कस्तो खालको राष्ट्रिय सहमति खोज्नुभएको हो भन्दै प्रश्न गरे । उनले अनुहार, जाति र समुदाय भन्दा माथि उठेर राष्ट्रिय सहमति खोज्न आग्रह गरे।
उनले भने, ‘सभामुखको निर्वाचनको रुपमा विभिन्न दलबाट उम्मेदवार आउनुभएको छ । राष्ट्रिय सहमतिको लागि कुरा ल्याए । यो केका लागि पदको लागि मात्रै हो कि, देश संकटको लागि पनि राष्ट्रिय सहमतिको कुरा गर्न मिल्दैन ? पदको लागि मात्रै किन कुरा ? दल भन्दा माथिको कुरा गरिन्छ । कस्तो खालको राष्ट्रिय सहमति हो ? मधेसी पार्टीलाई धकेलेर जान खोज्नुभएको हो । हामी दलभन्दा माथि उठ्छौँ तर तपाईहरु एउटा अनुहार, जातिको मुखौटो भन्दा माथि उठ्न सक्नुहुन्छ कि हुँदैन ? त्यो ठूलो कुरा हो ।’
सांसद राउतले माघ ५ गते मधेस आन्दोलनका शहीदहरुलाई सम्मान गर्न संसदमा १ मिनेट मौनधारण गर्न आग्रह गरेका थिए। जसमा संसदमा उपस्थित अधिकांश दल र सांसदहरुले १ मिनेट उठेर मौन धारण गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ माघ २०७९, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफ्नो पार्टी सरकारमा छ भन्दैमा रातलाई दिन भन्न सक्दिनँ : सिके राउत
कोप–२८ मा भाग लिन सिके राउत दुबई प्रस्थान
मूल ठेकेदारको लापरबाहीले आयोजनाहरूको काममा ढिलाइ : सिके राउत
विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ : सिके राउत
किसानले भोग्दै आएको समस्या समाधान हुनुपर्छ : डा.सिके राउत
प्रधानमन्त्री प्रचण्ड र सीके राउतबीच भेटवार्ता, सरकारमा जान जनमत सकारात्मक