मधेसी र थारुलाई पाखा लगाइयो, मधेशले प्रतिकार गर्नेछ : सिके राउत

सफल खबर संवाददाता

विहीबार, ०५ माघ २०७९, ०७ : ५५
मधेसी र थारुलाई पाखा लगाइयो, मधेशले प्रतिकार गर्नेछ : सिके राउत

काठमाडौ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मन्त्रपरिषद् विस्तारमा चरम असन्तुष्टि प्रकट गरेका छन् ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दा मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गरिएको राउतको आक्रोश छ ।

बुधबार राति ट्वीटर ह्यान्डलमा उनले जनमत पार्टीलाई मात्र नभइ जसपा, लोसपा र नाउपा सबैलाई पाखा लगाएको उल्लेख गरेका छन् ।

कुरा केवल जनमत पार्टीको होइन, जसपारलोसपारजनमतरनाउपा सबैलाई पाखा लगाउँदै शासकवर्गले बूलडोज गरेको हो, उनको आक्रोश छ ।सत्ता साझेदारहरुलाई चरम नश्लवादीको संज्ञा दिँदै मधेशले यसको प्रतिकार गर्ने राउतले बताए ।

'चरम नश्लवादीहरूको झुण्ड  पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै, यो देश तिम्रो होइन भन्दै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढे़का हुन्।  मधेशले यसको प्रतिकार गर्नेछ,' उनको ट्वीटर ह्यान्डलमा  उल्लेख  छ ।

प्रतिक्रिया दिनुहोस