काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारमा संलग्न चिकित्सकले कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका छन् ।
ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गराइरहनु भएका पुनको कलेजोमा समस्या देखिएपछि चिकित्सकले प्रत्यारोपण गर्न सुझाव दिएका हुन् । पेटरोग विशेषज्ञ प्रा.डा.युवराज शर्माले पुनको लिभरमा असर देखिएका कारण प्रत्यारोपणको सुझाव दिएको जानकारी दिए।
पुनको पेटमा पानी जम्ने समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई गत शनिबार रोल्पाबाट हेलिकप्टरमा ल्याई सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । पूर्वमन्त्री समेत रहेका पुन पछिल्लो समय चीनमा उपचार गराएर पुस ५ गते स्वदेश फर्किएका थिए ।
वंशाणुगत जन्डिसपीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरूको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ माघ २०७९, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पती छानविन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छः वर्षमान पुन
संसदीय समितिमा सञ्चार माध्यमको पहुँच रोक्न नहुने वर्षमान पुनको धारणा
रोल्पा घटनामा संलग्नमाथि कडा कारवाही गर्न सांसद वर्षमान पुनको आग्रह
पुराना दलप्रति जनआक्रोशको कारणबारे समीक्षा आवश्यक: वर्षमान पुन
सम्पत्ति शुद्धीकरण गर्न पाइँदैन, नियन्त्रण गर्ने विभाग छ : वर्षमान पुन
सरकारले आफ्नो वाचा विपरित ऋण लिँदैछ, जवाफ दिनुपर्छः नेकपा नेता पुन