काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारमा संलग्न चिकित्सकले कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका छन् ।
ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गराइरहनु भएका पुनको कलेजोमा समस्या देखिएपछि चिकित्सकले प्रत्यारोपण गर्न सुझाव दिएका हुन् । पेटरोग विशेषज्ञ प्रा.डा.युवराज शर्माले पुनको लिभरमा असर देखिएका कारण प्रत्यारोपणको सुझाव दिएको जानकारी दिए।
पुनको पेटमा पानी जम्ने समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई गत शनिबार रोल्पाबाट हेलिकप्टरमा ल्याई सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । पूर्वमन्त्री समेत रहेका पुन पछिल्लो समय चीनमा उपचार गराएर पुस ५ गते स्वदेश फर्किएका थिए ।
वंशाणुगत जन्डिसपीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरूको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ माघ २०७९, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२१ फागुनमा निर्वाचन नभए सरकारको औचित्य सकिने वर्षमान पुनको जिकिर
प्रचण्डले फरक भूमिकाको प्रस्ताव गर्नुभएको छ : वर्षमान पुन
प्रचण्डले फरक भूमिकाको प्रस्ताव गर्नुभएको छ : वर्षमान पुन
जेनजी विद्रोहको पहिलो कारण कांग्रेस–एमाले गठबन्धन : वर्षमान पुन
बिचौलियाले प्रधानमन्त्री फेर्न थाले: वर्षमान पुन
संघीयताको आवधिक समीक्षा गर्ने बेला भयो : वर्षमान पुन