जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिँदैछन्। विश्वासकाे मतका लागि आज बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान गरिएकाे छ।
गत पुस २७ गते जनता समाजवादी पार्टीका यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनी ६३ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
यादव नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, माओवादीका ७, नेपाल संघीय समाजवादी पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १, स्वतन्त्र सांसदद्वय अनिरुद्ध सिंह र सुरिता साहले समर्थनमा मुख्यमन्त्री बनेका हुन्।
लोसपाले पनि सरकारलाई समर्थन गरेसँगै मुख्यमन्त्री यादवलाई ७२ सांसदको साथ छ। १०७ जना प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशमा बहुमतको लागि ५४ सांसदको आवश्यक छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ माघ २०७९, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेशलाई देखिने, सुनिने र अनुभव गरिने बनाउँछु : मुख्यमन्त्री कार्की
मधेस सबै समुदायको साझा घर हो, विभाजनले समाजलाई कमजोर बनाउँछ : मुख्यमन्त्री यादव
गृहमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको प्रश्न- ठूला दललाई पाखा राखेर चुनाव हुन्छ ?
विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री
मधेस सरकारमा यसरी मिल्यो भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्री, जसपालाई सभामुख, नेकपालाई तीन मन्त्रालय
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ आइतबार