जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिँदैछन्। विश्वासकाे मतका लागि आज बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान गरिएकाे छ।
गत पुस २७ गते जनता समाजवादी पार्टीका यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनी ६३ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
यादव नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, माओवादीका ७, नेपाल संघीय समाजवादी पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १, स्वतन्त्र सांसदद्वय अनिरुद्ध सिंह र सुरिता साहले समर्थनमा मुख्यमन्त्री बनेका हुन्।
लोसपाले पनि सरकारलाई समर्थन गरेसँगै मुख्यमन्त्री यादवलाई ७२ सांसदको साथ छ। १०७ जना प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशमा बहुमतको लागि ५४ सांसदको आवश्यक छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ माघ २०७९, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस सरकारमा यसरी मिल्यो भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्री, जसपालाई सभामुख, नेकपालाई तीन मन्त्रालय
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ आइतबार
मधेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता यादव नियुक्त
मधेशका मुख्यमन्त्रीले गरे राजीनामा घोषणा
मधेस प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री यादवले विश्वासको मत लिने
सर्वोच्चले दिएको परमादेशको पत्र अहिलेसम्म प्राप्त भएको छैन–मुख्यमन्त्री यादव