पोखरामा विमान दुर्घटना परी ज्यान गुमाउनेको शब काठमाडौं ल्याइयो

सफल खबर संवाददाता

मंगलबार, ०३ माघ २०७९, १४ : ३७
पोखरामा विमान दुर्घटना परी ज्यान गुमाउनेको शब काठमाडौं ल्याइयो

काठमाडौं । १ माघमा पोखरामा दुर्घटनाग्रस्त यति एयरलाइन्सका मृतकहरूमध्ये ४६ जनाकाे शब आज काठमाडौं ल्याइएको छ । उनीहरूको शबलाई हेलिकोप्टरमार्फल काठमाडौं ल्याइ पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

अन्य २४ जनाको शब भने गण्डकी शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । जसमध्येका केही शव आफन्तलाई हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ ।

कतिपय शव पहिचान गर्न नै नसकिने खालका भएको र डिएनए परीक्षण समेत गर्नुपर्ने भएकाले काठमाडौं ल्याइएको हो । विमानमा ७२ जना सवार थिए त्यसमध्ये ७० जनाको मात्रै शब फेला परेको छ । बाँकी दुई जनालाई अझै फेला पार्न सकिएको छैन ।