काठमाडौं। भन्सार छली लुकाई छिपाई ल्याएको ४१ थान मोबाइलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भारत घर भएका ३७ वर्षीय दिलीप पवारसहित दुई जनालाई दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज २८९९ नम्बरको टाटा सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई उक्त मोबाइलसहित पक्राउ गरेको हो ।
मोबाइलको अन्दाजी मूल्य २ लाख ८७ हजार रहेको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० पुस २०७९, १९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ