जनकपुरधाम । मधेस प्रदेशको सभामुख पदको लागि आज उमेदवारी दर्ता हुने भएको छ । प्रदेशसभामा बिहान ११ बजेदेखि ३ बजेसम्म उमेदवारी दर्ताको लागि समय तोकिएको छ ।
दलहरुले प्रस्ताव गरेको उमेदवारको नामावली आज नै दिउँसो ३ः३० बजे प्रशकाशन हुने निर्वाचन तालिकामा उल्लेख छ । प्रस्ताव भएको नामहरु माघ २ गते बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत हुनेछन् । नेकपा एमालेले सभामुख पदको लागि रामचन्द्र मण्डलको नाम प्रस्तुत गर्ने तयारी गरेको छ ।
केन्द्रीय सत्ता साझेदार दलहरुले सभामुख, उपसभामुख र मुख्यमन्त्री पदको टुङ्गो काठमाडौंबाट नै तय गरेको बुझिएको छ । सोही सहमती अनुसार जसपाले मुख्यमन्त्री पाएको छ । नेकपा एमालेले सभामुख र जनमत पार्टीले उपसभामुख पाउने छन् ।
शुक्रबार मधेस प्रदेशको मुख्यमन्त्रीसहित तीन मन्त्रीले शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले माघ २ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० पुस २०७९, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता, ताइवान-तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता
नवनिर्वाचित सभामुखको शपथ २:३० बजे
सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
सभामुखमा डीपी अर्याल निर्विरोध चयन
नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदमा उम्मेदवारी नदिने, उपसभामुखमा दाबी