भारत । भारतको पश्चिमी राज्य महाराष्ट्रमा शुक्रबार एक बस र मालबाहक ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन् ।
महाराष्ट्रको राजधानी मुम्बईबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा पर्ने नासिक जिल्लाको सिन्नर क्षेत्रमा उक्त दुर्घटना भएको हो । नासिक–शिर्डी राजमार्गको भाभी पठारे गाउँ नजिकै शुक्रबार बिहान बस र मालबाहक ट्रक एकआपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको र अन्य केही घाइते भएको नासिकस्थित प्रहरी कार्यालयले पुष्टि गरेको छ ।
प्रहरीले ‘घाइतेलाई तत्काल अस्पताल लगिएको र केहीको अवस्था गम्भीर रहेको बताएको छ । मृत्यु भएकामध्ये सात महिला, दुई बालबालिका र एक पुरुष रहेको अधिकारीहरूले जनाएका छन् ।
उक्त बस ठाने जिल्लाको अम्बरनाथबाट अहमदनगर जिल्लाको मन्दिरहरूको शहर भनिने शिर्डीतर्फ जाँदै गर्दा दुर्घटना भएको हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २९ पुस २०७९, २१ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?