सडक निर्माण अलपत्र पार्ने जो कोहीलाई कारबाही हुन्छ : मन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

शुक्रबार, २९ पुस २०७९, १० : ४५
सडक निर्माण अलपत्र पार्ने जो कोहीलाई कारबाही हुन्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडक निर्माण कार्य अलपत्र पार्ने जो कोहीलाई पनि कारबाही गर्ने बताएका छन्।

शुक्रबार काठमाडौंको सोह्रखुट्टे, पानीपोखरी र नयाँ बजार क्षेत्रका सडक अनुगमन गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कसैको दबाब र प्रभावमा नपरी जनताका समस्या समाधान गर्ने बताए ।

सडक निमार्णको काम पूरा नगरी अलपत्र पारेका जो कोहीलाई सरकारले कारबाही गर्ने श्रष्ठको प्रतिवद्धता छ। जनतालाई भत्किएको र खाल्डो परेको सडक दिने छुट सरकारलाई अब नरहेको भन्दै उनले घरबेटी वा दाजुभाइको नाममा कसैले उन्मुक्ति नपाउने बताए।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै घरबेटीले धेरै सडकहरुको बिचल्ली बनाएका छन्, उहाँलाई कारबाही गर्न सक्नुहुन्छ की सक्नुहुन्नरु भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नराम्रो गर्ने जोकोहीलाई कारबाही गर्न निर्देशन दिएको जवाफ दिए। देशभरका सडकलाई चुस्त बनाउने र फुटपाथहरु पनि पैदलयात्रुमैत्री बनाउने अभियानमा सरकार लागिसकेको श्रेष्ठको भनाई छ।

प्रतिक्रिया दिनुहोस