काठमाडौं । मकवानपुरको मनहरीमा स्कुटर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी-९ ज्यामिरे भलादमीचोकमा स्कुटर दुर्घटना ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा मनहरी-८ सिमपानी बस्ने अन्दाजी ३२ बर्षीय धर्मराज मोक्तान, स्कुटरमा सवार सोही स्थान बस्ने अन्दाजी ३२ बर्षीय मिलन मोक्तान र राक्सिराङ- ३ लावती बस्ने अन्दाजी ३२ बर्षीय रुपेश तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताए । दुर्घटनामा घाइते भएका उनीहरुको उपचारको क्रममा भरतपुर स्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रवक्ता कार्कीले बताए ।
स्कुटर दुर्घटना भएको सुचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीमा प्रहरी निरीक्षक कृष्णप्रसाद ढकाल नेतृत्व टोली घटनास्थल पुगरे दुर्घटनामा गम्भीर घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुर पठाएको थियो।
बिहीबार राति ना ३९ प १४३९ नम्बरको स्कुटर दुर्घटना भएको थियो । उक्त स्कुटरलाई अर्को सवारीले ठक्कर दिएको प्रवक्ता कार्कीले बताए । कुन सवारीले ठक्कर दिएको हो भन्ने अनुसन्धान भइरहेको उनले बताए । मृतकको शव मेडिकल कलेजमै राखिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ पुस २०७९, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु