चितवन । उपप्रधानमन्त्री रवि लामिछानेले अवैध रुपमा नेपाल भित्रिने अण्डा, मासु र चल्लाको आयात रोक्न विभिन्न जिल्लाका सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् । गृहमन्त्री भएपछि पहिलो पटक चितवन आएका उनले बिहीबार जिल्लामा कुखुरापालनसँग सम्बन्धित व्यवसायीहरुसँग छलफल गरेका थिए । त्यस क्रममा व्यवसायीले भारतबाट भित्रिएका कुखुरा, चल्ला र मासुका कारणस्वदेशी व्यावसायी मर्कामा परेको गुनासो गरेका थिए ।
लामिछानेले त्यहीँबाट नेपालगञ्ज, सिन्धुली र सर्लाहीका सुरक्षा अधिकारीहरुलाई टेलिफोन गरेर अवैध आयात रोक्न निर्देशन दिएका नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिका पोखरेलले जानकारी दिए । गृहमन्त्री लामिछानेले पोल्ट्री क्षेत्रमा परेका समस्याको समाधान गर्न आफूले सक्दो सहयोग गर्ने बताए । नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले कुल राष्ट्रिय आयमा चार प्रतिशतको योगदान गर्ने, हजारौंलाई रोजगारी दिने आत्मनिर्भर व्यवसाय कुखुरापालन धराशायी भएको गुनासो गरे ।
भारतीय मासु तथा चल्लाहरू निर्वाध भित्रिएको, दानाको कच्चा पदार्थको मूल्यवृद्धि भएको, बैंकको ब्याजदर बढेको र लागत अनुसारको मूल्य पाउन नसकेका कारण साना लगानीका व्यावसायी पलायन भइसकेको र ठूला व्यवसायी पलायनको नजिक पुगेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ पुस २०७९, १६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपद् व्यवस्थापनको लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन
आइजिपीलाई गृहमन्त्रीको निर्देशन– भ्रष्टाचारमा संलग्न जो–सुकैलाई पक्राउ गर्नू
विमान दुर्घटनामा ज्यान गुमाएका परिवारलाई शव व्यवस्थापनमा सहजीकरण गर्न गृहमन्त्रीको निर्देशन
आदेश होइन कानुनको पालना गर्न गृहमन्त्री लामिछानेको निर्देशन
दुर्घटना न्यूनीकरणमा ध्यान दिन गृहमन्त्रीको निर्देशन