काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्विर अंकित गर्न माग गरेका छन। राप्रपा नेपालद्वारा ३०१ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिबसको अवसरमा आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले पृथ्वीनारायण शाह कुनै राजनीतिकवाद र विचार भन्दा माथि रहेको भन्दै नेपाल एकिकरणको अभियान एक संस्थासँग मात्रै सम्बन्धित नभई नेपाललाई नाम र पहिचान दिने महान् कार्य भएको बताउँदै उहाँलाई सम्मान दिन राज्यले कन्जुस्याइँ गर्न नहुने बताए।
७४ सालमा आफू सरकारमा रहँदा राज्यले नै ओपचारिक रुपमा पृथ्वी जयन्ती मनाइएको स्मरण गर्दै यसपटक पृथ्वी जयन्ती एवं एकता दिवसमा राज्यको उपस्थिति नभएको प्रति रोश प्रकट गर्नु भयो अध्यक्ष थापाले भने 'राज्यले यसपटक बिदा दिएतापनि त्यो बिदा राजनैतिक स्वार्थ परिपुर्ति गर्ने माध्यमका लागि मात्रै भएको छ, अघिल्ला वर्ष जस्तै सरकारी निकाय नेपाल प्रज्ञा प्रतिष्ठान मार्फत सरकारले मनाउने पृथ्वी जयन्ती यसपटक रोकिएको छ।' ७४ साल देखि निरन्तर राष्ट्र निर्माताप्रति श्रद्धा अर्पण गर्ने गरेको प्रति राष्ट्रपतिप्रति भने उनले धन्यवाद अर्पण गरे।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं इतिहासविद् डा। रमेश ढुंगेल र वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारीले पृथ्वीनारायण शाहको योगदान र व्यक्तितब माथि प्रकाश पारेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ पुस २०७९, २१ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा
अब एकताबद्ध हुन ढिला नगरौँ : कमल थापा
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा