काठमाडौं । माघ २ सम्म कांग्रेसको विवादले फागुन २१ मा तोकिएको चुनाव होला नहोला अन्यौल थियो । अझ निर्वाचन आयोगले गगन थापा नेतृत्वलाई कांग्रेसको आधिकारिकता दिएपछि झन निर्वाचन के होला भन्ने भय र अन्यौल सँगसँगै थियो ।
देउवा पक्षले निर्वाचन आयोग अगाडी पुगेरै आयोगको निर्णय नमान्ने बताएको थियो । आयोग परिसरमै पुगेर गगन र निर्वाचन आयोग विरुद्द देउवा पक्षका नेता कार्यकर्ता नारावाजीमा थिए ।
त्यसपछि फेरि देउवा पक्षका नेताहरु आधिकारिकता आफुले पाउनुपर्ने भन्दै सर्वाेच्च अदालत नै पुगे । त्यसले झन् कांग्रेस विवाद थप बल्झिने अनुमान गरिएको थियो । तर कांग्रेस न हो, विवादलाई अन्तरिमकालका लागि थाँती राखेर उनीहरु निर्वाचनमा होमिएका छन् । टिकट वितरण र समग्र विवादमा कांग्रेसभित्र अन्तरिम सहमति खोजिएको नेताहरुको भनाई छ । जसले निर्वाचन अब सुनिश्चित हुने दिशामा लगेको छ ।
कांग्रेसका दुवै खेमाका बीचमा भएको अन्तरिम सहमतिमा दुवै पक्ष सर्वोच्च अदालतको निर्णयलाई अन्तिम मानेर जाने तथा तत्काल चुनावका लागि भने विशेष महाधिवेशनबाट नेतृत्वमा आएका गगन थापालाई सभापति मानेर उनकै हस्ताक्षरमा टिकट लिन देउवा पक्ष (इतर समूह) तयार भएपछि अन्तरिम सहमति बनेको कांग्रेस देउवा पक्षका एक पदाधिकारीले बताए ।
देउवा पक्ष (इतर समूह) र संस्थापन पक्षबिच आइतबार र सोमबार भएका चरणबद्ध छलफलमा यस्तो सहमति बनेको हो । सहमतिमा डडेलधुरामा शेरबहादुर देउवालाई टिकट नदिने तर त्यहाँ उनको रोजाईमा अन्य नेतालाई टिकट दिने समझदारी पनि बनेको थियो । सोही आधारमा नैनसिंह महरले डडेलधुराबाट कांग्रेसको टिकट पाएका छन् ।
सुरुमा गगन थापा पक्षले अदालतमा दर्ता गरिएको रिट फिर्ता गराउन अनेक कोसिस गरेको थियो । तर अदालतले अब जसलाई आधिकारिकता दिएपनि त्यसलाई मानेर चुनावपछि नियमित महाधिवेशनमा जाने, अहिले टिकट वितरणमा भने छलफलमा आधारमा विशेष महाधिवेशनबाट आएका गगन थापाले हस्ताक्षर गरेर जाने र चुनावमा एकताबद्द कांग्रेसको सन्देश दिने गरी अन्तरिम सहमति कांग्रेसमा बनेको हो ।
गगन पक्षका मधु आचार्य र देवराज चालिसे, देउवा समूहबाट नेता बालकृष्ण खाण र शेखर समूहबाट डा। मीनेन्द्र रिजालबिच भएको छलफलपछि अन्तरिम सहमति बनेको हो । सहमति पछि देउवा पक्षले आफु पक्षका नेताहरुलाई टिकटका लागि सूची बुझाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ माघ २०८२, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस विवाद : देउवा समूहको रिटमा आज पेसी
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
काँग्रेस संसदीय बोर्डको बैठक बस्दै
पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै
निष्क्रिय तथा पार्टीबाट अलग भएका नेता कार्यकर्तालाई फर्कन काँग्रेसको आग्रह
काँग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी