काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले सरकारलाई विश्सासको मत लिने कांग्रेसको निर्णयको स्वागत गर्दै धन्यवाद दिएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै अध्यक्ष ओलीले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णयको स्वागत गर्दै धन्यवाद दिएका हुन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय इतिहासमा नयाँ भाष्य निर्माण गरेकाे र त्याे इतिहासमा छलफल हुने बताए ।
‘प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेर कांग्रेसले कार्पेटमा नपोखेर कपमै चिया दिएको छ,’ उनले भने, ‘कांग्रेसले प्रचण्डलाई दुई वर्षपछि त विश्वासको मत दिन्छु भनेकै थियो । अहिले दुई वर्षअघि दिँदा के नै बिग्रिन्छ र । म कांग्रेसलाई धन्यवाद दिन चाहन्छु ।’
कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने भन्ने कुरा नै नउठ्ने ओलीको भनाइ छ । साेही कारण प्रधानमन्त्रीले मागेकाे विश्वासकाे मतकाे प्रस्तावमा एमालेकाे समर्थन पनि रहने जनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ पुस २०७९, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्छ’ : ओली
‘नेपालको चुनावी परिणाम पनि बांङ्लादेशको जस्तै हुन्छ’: ओली
एमाले अध्यक्ष ओली आज झापाका ११ कार्यक्रममा सहभागी हुँदै
‘अब घरघरमा पाइपबाट ग्यास पुर्याउन सकिन्छ, सिलिन्डर पनि चाहिँदैन’: ओली
‘समृद्ध नेपाल, सुखी नेपालीको नारा वेदबाट लिएको हुँ’ : ओली
एमाले अध्यक्ष ओली आज झापा जाँदै