काठमाडौँ । संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठक १ बजेका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक नेपाली कांग्रेसको आग्रहमा सारिएको संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने कार्यसूची रहेको छ । विश्वासको मत दिने बारे निर्णय गर्न कांग्रेसले बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको थियो । तर, अहिलेसम्म पनि सो बैठक सुरु हुन सकेको छैन ।
कांग्रेसका पदाधिकारीहरुसहित शीर्ष नेता यतिबेला पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीका छलफलमा जुटेका छन् । बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ पुस २०७९, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् अवरोधपछि रास्वपाले गरायो संसदीय नियमावलीको दफा ५० स्मरण
श्रम संस्कृती पार्टीले संसद्मा देखायो प्ले कार्ड
संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
संघीय संसद्को दुवै सदनको बैठक आज, यस्ता छन् कार्यसूची