पोखरा । गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुनेछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २१ गते ५ दिनको समय दिएर मुख्यमन्त्रीमा दावी गर्न दलहरुलाई आह्वान गरेका थिए ।
उनले दिएको समय आज अपरान्ह ४ बजे सकिँदै छ । त्यसअघि नै सत्ता गठबन्धनका दलहरु बहुमत हस्ताक्षर सहित मुख्यमन्त्रीमा दावीका लागि जाने बुझिएको छ ।
एमाले सांसद रोशन गाहाका अनुसार ३२ जना सांसदको हस्ताक्षर तयार भैसकेको छ । अहिले त्यसैका लागि एमाले संसदीय दलको बैठक चलिरहेको छ । यसपछि गठबन्धन दलका नेताहरुबीच बैठक बसेर मुख्यमन्त्रीको दावी पेस गर्न जाने गाहाले बताए । आइतबार नै दावी गर्ने तयारी थालेको सत्ता गठबन्धन केन्द्रको निर्णय नआएका कारण रोकिएको हो ।
गण्डकीमा कांग्रेस र एकीकृत समाजवादी बाहेकको सरकार बन्दै छ । एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसदको हस्ताक्षर संकलन गरिएको उनले बताए । पहिलो दल कांग्रेससँग २७ सीट छ भने स्वतन्त्र जितेर एसमा पसेका राजीव गुरुङ (दीपक मनाङे) पनि प्रतिपक्षमा हुने छन् । मुख्यमन्त्रीमा दावी गर्नुअघि नै मन्त्रालयको समेत बाँडफाँट भैसक्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ पुस २०७९, ०९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसका मुख्यमन्त्रीको कार्यालयमा तोडफोड
अलैँची उत्पादन बढाउन किसानलाई सहयोग गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
सार्वजनिक सुनुवाइमा दिल्लीका मुख्यमन्त्रीमाथि आक्रमण प्रयास
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने